कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै उच्च

रुसमा कोरोना भाइरस संक्रमण र त्यसबाट हुने मृत्युदर उच्च बन्दै गएको छ। त्यहाँ एकै दिन एक हजारभन्दा बढीले ज्यान गुमाएका छन्। याे संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएकाे अधिकारीहरुले बताएका छन्।
पछिल्लो २४ घण्टामा रुसमा १ हजार २ जनाले ज्यान गुमाएका छन्। अधिकारीहरुका अनुसार यो महामारी सुरु भएयताकै एकैदिन ज्यान गुमाउने अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो।
यस्तै पछिल्लो २४ घण्टामा ३३ हजार २०८ जना नयाँ सङ्क्रमित थपिएकाे सरकारी अधिकारीले जानकारी दिएका छन्।