देशैभरि मनसुन सक्रिय, कहिले सम्म पर्छ पानी ?

हेल्थपोस्ट नेपाल

काठमाडौं उपत्यकासहित बागमती प्रदेश र प्रदेश १ र २ मा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आइतबार बिहानदेखि पानी पर्न सुरु भएको हो। केहीबेर पानी पर्न रोकिए पनि दिउँसो फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

उनका अनुसार सुदूरपश्चिम प्रदेशमा भोलि ठूलो वर्षाको सम्भावना छ। भोलि देशैभर पानी पर्ने अनुमान छ।

भारतको ओडिसा आसपासका क्षेत्रमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव परेकाले केही दिनसम्म नै पानी पर्ने मौसमविद्ले बताएका छन्।

केही ठाउँमा मेघगर्जन र चट्याङसहितको वर्षा हुने भएकाले खेतबारीमा काम गर्दा र यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को सुझाव छ। अहिले देशका धेरै ठाउँमा धान पाकेकोले किसान बाली भित्र्याउन व्यस्त छन्।

दसैंमा घर गएकाहरु पनि काठमाडौं उपत्यका फर्किँदै छन्। यात्रा गर्दा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न मौसमविद्को सुझाव छ। यस्तै, हिमाली जिल्लामा पनि वर्षासहित हिमपातको सम्भावना रहेको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *