दुई दाँतका लागि आठ खराब खानेकुरा

हेल्थपोस्ट नेपाल

भनिन्छ दाँत सुन्दरताको कडि हो । तपाई कस्तो खाद्यान्न खानुहुन्छ भन्नेकुरा तपाईको दाँतले झल्काउँछ भन्ने विश्वाश गरिन्छ ।
खानामा विशेष ध्यान पुर्याइएन भने दाँत नराम्ररी बिग्रन्छ । सुगरयुक्त स्न्याक्स तथा खानाले दातको क्षय गराउछ साथै दाँतजन्य रोग लाग्दछ । सुगरले एसिड रिलिज गर्ने ब्याक्टेरीया पैदा गर्छ जुन एसिडले दाँतको इनामेलमा आक्रमण गर्छ ।

जब इनामेल ब्रेक हु्न्छ क्याभिटी पैदा हुन्छ सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्टरीका अनुसार ६ देखि १९ वर्ष उमेरका मानिसले फेस गर्ने सर्बैभन्दा क्रोनिक समस्या भनेको क्याभिटी हो । जसका कारण दाँतमा दुखाइ, चपाउने समस्या साथै दातमा विभिन्न अवरोधहरु सिर्जना गर्छ ।
दाँतका यस्ता समस्याबाट छुटकारा पाउन दाँतलाइ नियमित दुई पटक ब्रस गरेर राम्रो संग कुल्ला गर्ने, नियमीत दात परिक्षण गर्ने, साथै तल उल्लेखित केहि खाद्यान्नको प्रयोग कम गर्नुपर्छ ।

१. साबर क्याण्डी

यो कुनै नौलो कुरा होइनकी क्यान्डी तपाइको मुख तथा दाँतको लागि हानिकारक छ । तर, सावर क्यान्डीमा विभिन्न खालका एसिड हुन्छ जसले दाँतमा कठिनाइ पैदा गर्छ । यिनीहरुलाइ चपाउन पर्ने हुनाले यसले दाँतलाई लामो समय असर गरिरहन्छ र यसले दाँतलाई क्षय गराउन सघाउँछ । यदी तपाई चकलेटको पारखी हुनुहुन्छ भने तत्काल चपाउन सकिने चकलेट खाइहाल्नुहोस् र मुख कुल्ला गर्नुहोस् ।

२. ब्रेड

दाँतमा समस्या आइरहन्छ भने ब्रेड खानुपूर्व दुइपटक सोच्नुृहोस् । तपाइले ब्रेड चपाउँदा दाँतको स्यालिभा स्टार्चमा परिणत भै सुगर बन्दछ । ब्रेडका स सना टुक्रा दातको बीचमा अड्केर क्याभिटी बनाउँदछन् । तपाई अत्यन्तै कार्बोहाइडे«ट पारखी हुनुहुन्छ भने कम रिफाइन गरिएको होलग्रेन रोज्न सक्नुहुन्छ । सजिलै नटुक्रिने र कम सुगर भएका खाद्यान्न रोज्नसक्नुहुन्छ ।

३.अल्कोहल

हामी सबैलाइ थाहा भएको कुरा हो अल्कोहल स्वास्थ्यका हिसाबले फाइदाजनक छैन । तर, के तपाइले अनुभूित गर्नुभएको छ, जब तपाई ड्रिंक गर्नुहुन्छ तब तपाइको मुख सुख्खा हुन्छ? मुख सुख्खा हँुदा स्यालिभा कम हुन्छ जुन तपाईको दात स्वस्थ राख्न आवश्यक पर्छ । स्यालिभा तपाइको दाँतमा अड्केको खाना निकाल्न र सफा गर्न सहयोगी हुन्छ । ड्रिकं गरिसकेपछि तपाइको दाँतलाई ओसिलो राखिरहन प्रसस्त पानी पिउने तथा कुल्ला गरिरहने गर्नुहोस् ।

४. कार्बोनेटेड ड्रिंक

एक रिसेन्ट अध्ययनले देखाएको छ की अत्यधिक सोडाको प्रयोगले तपाइको दात पूर्ण रुपमा ड्यामेज गर्छ । यसले मुख सुख्खा पनि बनाउछ साथै कडा रङको सोडाले तपाइको दाँतको रङ फिका बनाउछ । सोडा खानासाथ तत्काल दाँत कहिल्यै ब्रस नगर्नुहोस् यसले दाँतलाइ नराम्ररी क्षती पुर्याउछ ।

५. आइस्

यद्यपी यसमा पूर्ण रुपमा पानी हुुनेभएपनि अमेरिकन डेन्टल एसोसिएसनका अनुसार साह्रो कुरा, धेरै चिसो कुरा खानु दात बिग्रने प्रमुख कारण हो । तपाई आफनो पेयपदार्थमा आइस मिसाए पनि त्यसलाइ हतपति नचपाउनुहोस् ।

६. साइट्रस्

सुन्तला, अगुंर र कागती सबै फलफूल तथा जुसको रुपमा खान स्वादिष्ट हुन्छन् साथै भिटामीन सी ले भरपूर हुन्छन् । तर त्यसमा पाइने एसिडले इनामेल नष्ट गर्नुका साथै दातको हानीकारक हुन्छन् । तपाई पानीमा कागती निचोरेर खानुपनि दातको लागि हानिकारक हुन्छ । साथै साइट्रसबाट प्राप्त एसिडले मुखमा पीडा पनि हुन्छ । यदी तपाइ ती फलफूलबाट एन्टिअक्सिडेन्ट प्राप्त गर्न चाहनुहुन्छ भने धेरै कडा होइन केही मात्रामा सेवन गर्नुहोस् र पानीले मुख कुल्ला गरिहाल्नुहोस् ।

७. पोटाटो चिप्स्

आलु चिप्स खादा धेरैले सन्तुष्ट मान्दछन् । यसमा अत्यधिक स्टार्च हुन्छ जुन चिनीका परिणत हुन्छ र दातको बीच भागमा अड्किन्छ जुन ब्याक्टेरियाको कारक बन्दछ । चिप्सबाट उत्पन्न हुने एसिड लामो समय दातमा रहिरहन्छ । त्यसैले चिप्स खाएपछि राम्रोसगँ मुख कुल्ला गर्न नबिर्सनुहोस् ।

८. ड्राइ फ्रुटस्

हामी सबैले सोच्ने कुरा हो ड्राइफ्रुट्स स्वस्थ स्न्याक्स हो । त्यो सत्य पनि हो । तर, धेरै ड्राइ फ्रुटस जस्तै एप्रिकोट, प्रन, फिगं, एसिन जस्ता स्टिकी फ्रटस दातमा अड्किने र दातमा समस्या उत्पन्न गर्ने खालका हुन्छन् । यदी तपाइ ड्राइ फ्रुटस् खान रुचाउनुहुन्छ भने मुख राम्रोसगँ कुल्ला गर्ने र ब्रस गर्ने गर्नुहोस् ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *