२४ घण्टामा २७२ संक्रमित थपिए, ८ को मृत्यु

पछिल्लो २४ घण्टामा २७२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।
२०९२ वटा आरटी पिसिआर परीक्षण गरिएकोमा २४० जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यस्तै, दुइ हजार ६२० वटा एन्टिजेन परीक्षण गर्दा ३२ जनामा कोरोना सङ्क्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा ७७७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसैगरी, यो अवधीमा कोरोना संक्रमणबाट थप ८ जनाको ज्यान गएको छ।
मन्त्रालयका अनुसार नेपालमा १३३०८ सक्रिय संक्रमित रहेका छन्।