कसरी सुरु भयो हात धुने बानी? इतिहासले टेक्यो दुई शताब्दी

आजको दिनमा हात धुनुलाई सामान्य कुरा मान्न्न सकिन्छ। इतिहासमा कुनै समय यस्तो थियो जुन बेला हात धुने बानी बसाल्नुपर्छ भनेर थाहा पाउनु शताब्दीको असाधारण खोज बन्न पुगेको थियो । १९ औं शताब्दीको मध्यमा मात्रै हात धुनुको महत्व उजागर भएको थियो ।

अचेल सबैजनाले तरिका पूरा गर्न नजाने पनि पानी सहजता भएका स्थानहरुमा हात धुनु दैनिकी नै बनिसकेको छ। कोभिड १९ को विनाशमा विकास भएमो एउटा राम्रो बानी भनेको हात धुने बानी हो ।

हात धुने इतिहास पढ्न पनि रोचक नै छ । सन् १८५४ तिर हङेरीका एक जना जिज्ञासु डाक्टरले बिरामी हेर्दा नियमित हात धुनुपर्ने कुरालाई पुर्ण विस्वासका साथ चिकित्सकिय दुनियामा बेजोड प्रस्तुती दिएका थिए । उनको नाम थियो – इग्नाज सेमेल्विज । उनले काम गर्ने अस्पताल विश्वकै ख्यातिप्राप्त शिक्षण अस्पताल थियो ।

त्यो अस्पतालको वार्डमा एउटा रोचक तथ्य फेला परेको थियो । नर्सहरुले सुत्केरी गराउने वार्डमा मातृ मृत्युदर प्रत्येक १००० जिवित जन्मेका वच्चामा ३६ जनाको मृत्यु हुने गरेको थियो भने डाक्टरहरुले सुत्केरी गराउने वार्डमा प्रत्येक हजार जिवित जन्मेका वच्चामा ९८ जनाको मृत्युु हुने गरेको थियो ।

डाक्टरहरुको सम्पर्कमा आउने वार्डमा वच्चाहरुमा पनि ज्वरो बढी देखिएको थियो । उनीहरुमा streptococcus भन्ने व्याक्टेरियाको संक्रमण बढी पाइयो । त्यो देखेर सेमेल्विजले कारण पत्ता लगाउन निकै लागि परे ।

उनले डाक्टरहरुले बिरामी हेर्ने शाखामा पादरीले मरिसकेको महिलालाई अन्तिम श्रद्धाञ्जली दिने क्रममा घण्टी बजाएर वार्डको बाटो हुँदै हिँड्ने गरेको देखे । सायद त्यो घण्टी बजाउनका कारणले महिलाहरुमा पनि मानसिक तनावका कारणले मृत्युुमा टेवा त पुगेन भनेर उनले पादरी हिंड्ने बाटो परिवर्तन गरिदिए। जसले गर्दा सो घन्टिको आवाज महिलाहरुले सुन्न नसक्ने सुनिस्चित गरेका थिए । तर त्यसपछि पनि समस्यामा कत्ती फरक नपरेको हुनाले उनी रणभुल्लमा परे ।

एक दिन अपरेशन गर्ने वेलामा सेमेल्विजका सहकर्मी साथीको औला काटियो । त्यही औलाको संक्रमण फैलिएको कारणले उनको मृत्त्यु भयो । त्यो एउटा घटनाले गर्दा उनको खोजमा नया दृष्टिकोणले प्रवेश गर्यो। उनको अगाडि एउटा अहम प्रश्न खडा भयो ” के डाक्टरहरुले सुत्केरी गराउने वार्डमा पनि त्यस्तै संक्रमण छ त ? ”

उनले डाक्टरहरुको दैनिक कृयाकलापको सूक्ष्म अध्ययन गरे । डाक्टरले पोस्ट मोर्टम गरिसकेपछी सुत्केरी गराउने गरेको कुरामा उनको ध्यान पर्यो ।

सायद त्यो मृत लाशहरुबाट केही अदृश्य किटाणु सुत्केरी गराउने समयमा योनिबाट प्रवेश गर्ने रहेछ कि भनेर अड्कल गरे । यो कुरा सत्य त थिएन । तर उनको ” थियोरी ” ले धेरै झ्याली पिट्छ । जसको कारणले पोस्ट्मोर्टम गरेपछि अनिवार्य हात धुने नियमलाई कडासाथ कार्यान्वयन गर्ने काम गरे ।

सन् १८४९ देखि १८५९ का विचमा मातृ मृत्युदर नर्सहरुले सुत्केरी गराउने वार्ड जतिको दर हुन पुग्यो ।

आज हात धुने बानी बस्न लगभग दुई शताब्दी लाग्यो । तर अझै पनि हात धुने वैज्ञानिक तरिका पुर्ण रुपमा अनुशरण गरेको पाइन्न । त्यो समयमा सेमेल्विजलाई पागल र सन्की डाक्टरको उपमा दिइएको थियो ।

सन् २०२० मा कोभिडको उतपत्तिले विश्व समुदाय प्रताडित हुँदा साबुनपानीले हात धुने कुराको ख्यातिले स्यामुल्विजलाई गुगलले हात धुने बानीका पिता अर्थात् Father of Handwashing भनेर सम्मान गरेको थियो ।

उनका समकालीन डाक्टरहरु पनि डाक्टरको फोहर हातका कारण बिरामीको मृत्यु हुने गरेको कुराको निचोडमा पुगेका थिए । तर ती सबै जनाको धेरै नै आलोचना भयो । र जोसेफ लिस्टर नामका वैज्ञानिकले किटाणुहरु रोगको कारण हो भन्ने कुरा पत्ता नलगाउँदासम्म विश्व हात धुने विषयलाई आलोचनाको दृष्टिले हेर्ने गर्थ्यो ।

उनले शल्यक्रिया गर्ने सबै चिकित्सकलाई हात धुनका लागि उत्प्रेरित गरिरहन्थे ।

आजको दिनमा यो सुन्दा कस्तो अचम्म लाग्छ !! तर साना साना लाग्ने परिवर्तन हुन पनि धेरै कडा सङ्घर्ष भएका छन् । विश्व हात धुने दिवसका दिन हात धुने बानीको इतिहासलाई पल्टाउँदै गर्दा हात धुने संस्कार विकास होस् भन्ने सदिच्छा ।

हात धुने बानी रोग संक्रमणदर न्यून गर्नमा अहम भूमिका हुन्छ । उदाहरणका लागि निम्न तथ्यहरु अनुसन्धानबाट पत्ता लगाइएका छन् ।
१. झाडापखालाको समस्या २३-४० प्रतिशतले न्यून
२. श्वास प्रस्वासको समस्यामा रुखाखोकी १६-२१ प्रतिशत न्यून ।
३. स्कुल जाने बालबालिकामा पेट सम्बन्धि विकारबाट स्कुल गयल हुने सम्भावना २९-५७ प्रतिशतले न्यून ।

के तपाईलाई हात धुने बानी सामान्य लागेको छ ?

हात धुने तरिका सिकाउनकै लागि करोडौं खर्चमा कार्यक्रमहरु भएका छन् । सि डि सीका अनुसार विश्वमा दिशा गरिसकेपछि हात धुने बानी केवल १९ प्रतिशतमा रहेको भनेर उल्लेख गरेको छ । अर्थात अझै पनि हात धुने बानी विस्वव्यापी बन्न नसकेको देखिन्छ । जसका कारणहरुमा पानीको अभाव प्रमुख कारण रहेको छ ।

हात धुने बानी बसालौँ । रोगहरुबाट सुरक्षित बसौं ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *