पछिल्लो २४ घण्टामा ४५५ संक्रमित थपिँदा ८०४ निकाे भए

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा  ४५५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

तीन हजार ४१८ वटा आरटी पिसिआर परीक्षण गरिएकोमा ३९८ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ। यस्तै, दुइ हजार ७९६ वटा एन्टिजेन परीक्षण गर्दा ५७ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा ८०४ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसैगरी, याे अवधीमा काेराेना संक्रमणबाट थप ८ जनाकाे ज्यान गएकाे छ।

मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.८८ प्रतिशत छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *