विश्वमा उपलब्ध तौल नियन्त्रणमैत्री १६ खाना

हेल्थपोस्ट नेपाल

सबै खाद्यान्नका आ–आफ्नै विशेषता हुन्छन् । त्यसमा पनि फरक–फरक खानेकुराले तपाईंको शरीरमा व्यक्तिपिच्छे फरक नतिजा दिन सक्छ । एउटै खाद्यान्नले पनि व्यक्तिको भोक, हर्मोन, अर्थात् क्यालोरी प्राप्तिमा समान प्रभाव रहन्छ भन्ने छैन । यहाँ केही यस्ता खाद्यान्नबारे चर्चा गरिनेछ, जुन तौल नियन्त्रणका लागि सबैका लागि प्रभावकारी सिद्ध छन् । यसलाई विज्ञानले पनि स्विकारेको छ ।

१. अण्डा

धेरैलाई लाग्न सक्छ, अण्डामा उच्च क्यालोरी र कोलेस्टेरोल हुन्छ । तर, यो सत्य होइन । नयाँ अध्ययनले प्रमाणित गरेको छ कि अण्डाले रगतमा कोलेस्ट्रेरोल बढाउन तथा मुटुरोग बढाउन कुनै भूमिका खेल्दैन । बरु दैनिक ब्रेकफास्टमा अण्डा खाने मानिसलाई तृप्तिको अनुभूति हुन्छ र आगामी ५ देखि ६ घण्टासम्म भोक लाग्दैन । यो पौष्टिकताले पनि भरिपूर्ण हुन्छ, साथै तौल नियन्त्रणमा उपयोगी मानिन्छ ।

२. हरिया सागपात

रायो, पालक, सुप, चम्सुरलगायत विभिन्नखालका हरिया र पातजन्य खानामा अत्यन्तै कम क्यालोरी हुने र अत्यन्तै हाई फाइबर पाइने हुँदा तौल नियन्त्रणमा सहयोगी हुन्छन् ।

३. माछा तथा समुद्री खाना

तुलनात्मक रुपमा माछा तथा समुद्री खानामा राम्रोखालको प्रोटिन, स्वस्थ फ्याट, धेरैखाले महत्वपूर्ण पोषणका साथै पर्याप्त मात्रामा आयोडिन पाइन्छ । यी पोषणहरु थाइराइड ग्रन्थिले उपयुक्त तरिकाले काम गर्नका लागि अत्यन्त आवश्यक छन् । माछामा ओमेगा–३ फ्याटी एसिड पनि पाइने हुँदा यो मोटोपन तथा मेटाबोलिक डिजिज नियन्त्रणका लागि यो महत्वपूर्ण खाना हो ।

४. पत्रे अर्थात् खण्डे भेजिटेबल्स

पत्रे अर्थात् खण्डे भेजिटेबल्स भन्नाले ब्रोकाउली, काउली फ्लावर र उमारिएका टुसा भन्ने बुझिन्छ । यस्ता खानामा प्रशस्त फाइबर पाइनुका साथै कम क्यालोरी हुन्छ, साथै यी खानेकुरा क्यान्सरविरुद्ध लड्न पनि सहयोगी हुन्छन् । यी खद्यान्न तौल नियन्त्रणका लागि मात्रै होइन, तपाईंलाई स्वस्थ राख्न पनि अत्यन्तै लाभदायी हुन्छन् ।

५. उसिनेको आलु

धेरैले आलुलाई तौल बढाउने खानाका रुपमा लिन्छन्, तर त्यस्तो होइन । आलु तौल नियन्त्रणका लागि लाभकारी हुन्छ । आलुमा पाइने कार्ब भातमा पाइने कार्बभन्दा धेरै राम्रो हुन्छ ।

६. गेडागुडी

केराउ, चना, कालो सिमी, मिर्गौला आकारको सिमी आदि राम्रो पोषण तथा फाइबरका राम्रा सोत हुन् । यी खानाले तपाईंलाई तृप्त गराउँछन् र लामो समय भोक लाग्दैन । त्यसैले यो तौल नियन्त्रणमा प्रभावकारी छ ।

७. एभोकाडो

हुन त सबैखाले फलफूल स्वास्थ्यका दृष्टिले फाइदाजनक हुन्छन्, तर एभोकाडो भिन्नखाले फलफूल हो । तर, अन्य फलफूल अलि बढी फाइबरयुक्त हुन्छन् भने एभोकाडोमा राम्रोखाले फ्याट, अत्यधिक पानीको मात्रा र फाइबर पाइन्छ । यसमा महत्वपूर्ण पोषण पोटासियम पाइन्छ । यसलाई ब्रेकफास्ट वा सलादका रुपमा पनि खान सक्नुहुन्छ ।

८. एप्पल साइडर भिनेगर

आफ्नो खानामा एप्पल साइडर भिनेगर मिलाउनुहोस् । यसले भोक कम गर्छ र तौल नियन्त्रणका लागि पनि सहयोगी हुन्छ । भिनेगर रगतमा सुगरको मात्रा घटाउन पनि सहयोगी हुन्छ र यसले कालान्तरमा स्वास्थ्यमा धेरैखाले फाइदा पुर्याउँछ ।

९. नट्स

नट्समा उच्च मात्रामा फ्याट पाइने भए पनि यसमा पाइने सन्तुलित प्रोटिन, फाइबर, स्वस्थ फ्याटका कारण तौल नियन्त्रणमा सहयोगी हुन्छ । अध्ययनहरुले सुझाब दिएका छन् कि नट्स खानु भनेको मेटाबोलिजमलाई राम्रो राख्नु हो र तौल सन्तुलनमा राख्नु हो ।

१०. होलग्रेन

केही होलग्रेन, जस्तै, खैरो चामल, ओट्स तथा किनुवामा अत्यधिक फाइबर तथा राम्रो प्रोटिन पाइने हुँदा यी स्वस्थकर खाद्यान्न हुन् । तर, याद गर्नुपर्ने कुरा के छ भने धेरै प्रशोधित अन्न भने फाइदाजनक हुँदैनन् । होलग्रेनबाट बनेको भनेर धेरैजसो विज्ञापन गरेको देख्न सकिन्छ, तर प्रशोधन गरिने हुँदा स्वास्थ्यका लागि ती लाभदायी मानिँदैनन् ।

११. खुर्सानी

खुर्सानीमा पाइने स–साना बियाँ भोक कम गर्न तथा मोटोपन घटाउन अत्यन्तै उपयोगी हुन्छन् । एक अध्ययनका अनुसार १ ग्राम रातो खुर्सानी सेवन गर्नेमा नगर्नेको तुलनमा मेटाबोलिजम दोब्बर राम्रो हुन्छ । तर, कसैकसैले भने स्पाइसी खान सक्दैनन् ।

१२. फलफूल

अधिकांश विज्ञ सहमत छन् कि– फलफूल स्वास्थ्यका लागि फाइदाजनक छ । फलफूल तथा तरकारी प्रशस्त खाने व्यक्ति नखानेको तुलनामा धरै स्वस्थ हुने धेरै जनसांख्यिक अध्ययनले देखाएका छन् । फलफूलमा प्रशस्त फाइबर, एन्टिअक्सिडेन्ट र धेरैखाले पोषण पाइन्छन् ।

१३. अंगुर

९१ जना मोटा मानिसमा गरिएको एक अध्ययनले खाना खानुभन्दा आधा घण्टा पहिले केही दाना फ्रेस अंगुर खाने मानिसको इन्सुलिन रेसिस्टेन्ट घट्नुका साथै मेटाबोलिजम डिसअर्डर पनि घटाउँछ । त्यसैले यो तौल नियन्त्रणमा सहयोगीसिद्ध हुन्छ र धेरैखाले क्रोनिक रोगबाट बचाउँछ ।

१४. चियासिड

भनिन्छ, चियासिड पृथ्वीमा पाइने सबैभन्दा पोषक खाद्यान्न हो । यसमा राम्रो कार्ब, उच्च फाइबरका साथै प्रोटिन पाइन्छ । यो फाइबरको राम्रोे स्रोत हो । त्यसैले यो तौल नियन्त्रणका लागि प्रभावकारी खाद्यान्न हो ।

१५. नरिवलको तेल

धेरैले सोच्ने गर्छन्, तेलमा अधिक फ्याट हुन्छ । तर, सबै तेलमा उत्तिकै मात्रामा फ्याट हुँदैन । नरिवलको तेलमा राम्रोखालको फ्याट हुन्छ । त्यसैले भनिन्छ, बेली घटाउनका लागि यदि कुनै तेल छनोट गर्नुहुन्छ भने नरिवलको तेल राम्रो विकल्प हो ।

१६. दही

दही दुग्धजन्य प्रचलित खाद्यन्न हो । यसमा प्रोबायोटिक्स ब्याक्टेरिया पाइन्छ, जुन शरीरका लागि निकै लाभकर हुन्छ । यसमा पाइने ब्याक्टेरियाले मोटोपन बढाउने हर्मोनलाई नियन्त्रण गर्छ । यसले पाचन शक्ति पनि बढाउँछ । फ्याट ननिकालिएको दही निःसन्देह प्रयोग गर्न सक्नुहुन्छ । सचेत हुनुपर्छ कि, यसमा चिनी नमिलाउनुहुँदैन ।

मोटोपन नियन्त्रण अहिले धेरैका लागि चुनौतीपूर्ण बन्दै गएको छ । अधिकांशले अथक प्रयासपछि पनि मोटोपन नियन्त्रण गर्न असमर्थ रहेको गुनासो गर्ने गरेका छन् । त्यसैले नियमित २० देखि ३० मिनेटको व्यायामका साथ यी खाद्यन्नलाई प्राथमिकतामा राख्नुभयो भने, मोटोपन नियन्त्रण सम्भव हुनेमा विज्ञहरु सहमत छन् ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *