३६५ जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार ५ सय ९४ जनामा गरिएको परीक्षणमा ३६५ संक्रमित थपिएका हुन्। ३६७१ जनामा पिसिआर विधिबाट परीक्षण गर्दा ३२६ जनामा संक्रमण पुष्टि भएको छ भने १९२३ जनमा एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २६१ पुगेको छ।
त्यस्तै, कोरोना संक्रमणबाट ६०९ जना मुक्त भएका छन्।

यससँगै सक्रिय संक्रमितको संख्या १४ हजार २६७ रहेको मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *