एकै दिन ११ लाखको कोरोना परीक्षण

हेल्थपोस्ट नेपाल

भारतमा हिजो एकै दिनमा ११ लाखभन्दा बढी व्यक्तिको कोरोना भाइरसको परीक्षण भएको छ।

सोमबार भारतमा ११ लाख ८१ हजार ७६६ जना परीक्षण गरिएको हो। यससँगै भारतमा कोरोना परीक्षणको कूल संख्या ५८ करोड ५० लाख ३८ हजार ४३ जना पुगेको छ।

सोमबार भारतमा १८ हजार १६६ जना थप व्यक्तिलाई कोरोना सङ्क्रमण भएको समाचारमा जनाइएको छ। यो सङ्ख्या गत सात महिनापछि सबभन्दा कम भएको समाचारमा जनाइएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *