घरैमा बनाउनुहोस् रेस्टुरेण्टको जस्तै सुकुटी

हेल्थपोस्ट नेपाल

बफरचिकेन सुकुटी हरेक उमेर समूहका मानिसले मन पराउँछन् । दसैंमा सुकुटीसँग चिउरा खाने जमात धेरै भेटिन्छन् । सबैको भान्सामा पाक्ने सुकुटी कसरी बनाउने यसको बारेमा यहाँ चर्चा गरिन्छ।

आवश्यक सामग्री

  • बफ तथा चिकेनको मासु
  • आवश्यकताअनुसार तेल
  • पाँच फुरन खुर्सानी, प्याज, टमाटर, हरियो धनियाँ
  • बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी
  • लसुन अदुवाको पेस्ट

मासुलाई बेसारले मोलेर लामो आकारमा काट्ने र २–३ दिनसम्म घाममा सुकाउने । यो मासुलाई आगोमा पनि सेक्न सकिन्छ । आधा सुकेको मासु सुकुटीका लागि उपयुक्त हुन्छ । मासुलाई सानो सानो टुक्रामा काट्ने । तातो भाँडामा तेल राखेर प्याज हालेर खैरो हुनेगरी भुट्ने।

त्यसमा हरियो खुर्सानी, लसुन अदुवाको पेस्ट, बेसार, नुन । गरम मसला पालैपालो हालेर चलाउने । यो मिश्रण डढ्न दिन हुँदैन । त्यसैले आगो सानो पार्ने । त्यसपछि काटेर राखेको सुकुटीलाई हालेर राम्ररी चलाउने । स्वाद मन पराउनेले टमाटर काटेर राख्न पनि सकिन्छ । मासुलाई केहीबेर छोपेपछि त्यसमा मिट मसला थोरै राखेर काटेको हरियो धनियो राखेपछि सुकुटी खानका लागि तयार हुन्छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *