अस्वस्थ भएपछि फुलपाती बढाइमा उपस्थित भएनन् प्रधानसेनापति शर्मा

हेल्थपोस्ट नेपाल

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको स्वास्थ्य अवस्था कमजोर भएका कारण फुलपाती बढाइमा उपस्थित भएनन्।

शर्मालाई ज्वरो आएपछि उनी शशी भवनमै आराम गरिरहेका छन् ।

ज्वरो आएपछि उनी टुडिखेलमा आयोजित फुलपाती बढाइमा उपस्थित नभएको नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले जानकारी दिए।
उनलाई सामान्य ज्वरो आएको हो।

प्रधानसेनापति शर्माको पिसिआर परीक्षण रिपोर्ट भने नेगेटिभ आएको प्रवक्ता पौडेलले जानकारी दिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *