पछिल्लो २४ घण्टामा थपिए ७९२ संक्रमित, १४ को मृत्यु

हेल्थपोस्ट नेपाल

दशैंका लागि सबै मानिस घर जाने र रमाइलोमा समय बिताइरहेका कारण कोरोना परीक्षण तथा संक्रमितको संख्यामा कमी देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ७९२ नयाँ कोरोना संक्रमित पुष्टि भएको छ।

९ हजार ६१९ जनामा कोरोना परीक्षण गर्दा पिसिआर विधिबाट ६९१ र एन्टिजेन विधिबाट १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमणबाट ९१० जना डिस्चार्ज भएका छन्।

त्यस्तै, पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। देशभर मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको छ।
हाल देशभर १४ हजार ५५४ संक्रिय संक्रमित छन्।

यसैगरी ३०६ कोरोना संक्रमित संघन उपचार कक्षमा रहि उपचार गराइरहेका छन् भने १०२ जना भेन्टिलेटरमा उपचाररत छन्।

आजमात्र ६९ हजार ८२४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *