दसैंमा कुन अस्पतालको के सेवा खुल्छ ?

हेल्थपोस्ट नेपाल

दसैं सुरु भए लगत्तै अस्पतालमा पनि बिदाको चस्को पसिसकेको छ।आजबाट उपत्यकाका सबै अस्पतालका प्रशासनिक सेवा बन्द भएका छन्।

तर बिरामीहरुका लागि उपचार सेवा भने बन्द भएका छैनन्। सबै अस्पतालहरुमा आकस्मिक सेवा खुला रहेका छन्। उपचाररत बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।

कोरोना संक्रमणको जोखिम कायमै रहेका कारण कोरोनाका बिरामीहरु अस्पतालमा गएर उपचार सेवा लिन सक्नेछन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु

यस अस्पतालमा कोरोना संक्रमित तथा जनावरले टोकेका विरामीहरुलाई दशैंको समयमा उपचार गर्ने व्यवस्था मिलाइएको छ।

अस्पतालका निर्देशक डा. अनुप बास्तोलाका अनुसार अकस्मिक सेवा, ओपिडी तथा अन्य उपचार सेवा दसैंमा पनि उपलब्ध हुनेछ। तर, अस्पतालका कर्मचारीहरु पनि बिदामा रहेका कारण कोभिड अस्पताल नै भए पनि आज (फुलपातीका दिन) सम्म मात्र पिसिआर परीक्षण गरिनेछ।

‘यहाँका कर्मचारी बिदामा छन्। चाप पनि धेरै नहुने भएका कारण पिसिआर परीक्षण भने बन्द रहनेछ,’ डा. बास्तोलाले भने।

त्यस्तै, अस्पतामा सबै चिकित्सकहरु उपलब्ध हुनेछन्। अस्पतालले ओपिडी सेवा बिहानको ११ बजेसम्म सञ्चालन हुने जानकारी दिए भने नवमी र दशमीको दिन ओपिडि सेवा पनि बन्द हुनेछ।

जनाबरको टोकाइबाट बिरामी भएका बिरामीलाई अस्पतालले २४ घण्टा नै सेवा दिने व्यवस्था गरिएको छ। निर्देशक डा. बास्तोला अस्पतालमै रहेका कारण प्रशासनिक कार्यमा पनि उनलाई सम्पर्क गर्न सकिनेछ।

वीर अस्पताल, कान्तिपथ

वीर अस्पतालमा अकस्मिक उपचार बहेक प्रशासन तथा ओपिडि सेवा सबे बन्द हुने अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले जानकारी दिए।

ओपिडिमा आउने विरामीले अस्पतालमा आइतबारदेखि मात्र सम्पर्क गर्न भनिएको छ।
‘दसैंको पाँच दिन नै अस्पतालका अन्य सेवा बन्द हुनेछ। तर आकस्मिक सेवा, कोभिड उपचार, अकस्मिक शल्यक्रियाहरु सबै पहिलेजसरी नै संचालन भइरहेको छ,’ उनले भेन।

कान्ति बाल अस्पताल, महाराजगञ्ज

 

बालबालिकालाई जुनै समयमा पनि स्वास्थ्य समस्या आउन सक्छ। यसको लागि कान्तिबाल अस्पतालले अकस्मिक सेवा खुला राखेको छ। अतिआवश्यक नभएका सेवा सुविधा तथा प्रशासनिक सेवाहरु भने बन्द हुने अस्पतालका नर्सिङ प्रमुख कविता पाण्डेले बताइन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *