दशैंमा कस्तो मासु खाने, सेतो कि रातो?

हेल्थपोस्ट नेपाल

मासु भन्ने बित्तिकै दुई खाले हुन्छन्, एक सेतो र अर्को रातो।

सेतो मासु भन्ने बित्तिकै कुखुरा, हाँस, टर्की र माछामा पाइन्छ भने भेडा, बोका, खसी, राँगो, बंगुर, बँदेल, घोडा आदिको मासु रातो हुन्छ।

सेता मासु पकाउँदा रंग खुइलिएर गएको जस्तो देखिन्छ भने रातो मासु पकाउँदा कालो भएर जाने गर्दछ।

विभिन्न अध्ययनका अनुसार सेतो मासु भन्दा रातो मासु खाँदा धेरै प्रोटिन तथा मिनरल जसमा भिटामिन बि र आइरन प्रचुर मात्रामा पाइन्छ।
तर हरेक दिन रातो मासु खाँदा वा तारेको, पोलेको मासु खाँदा स्वास्थ्यलाई निकै असर गर्दछ।

दैनिक यस्तो मासु खाँदा टाइप–२ डाइबेटिज, कोरोनरी हार्ट डिजिज (मुटु रोग), स्ट्रोक, तथा कोलोरेक्टल क्यानसर हुन सक्दछ।

हार्वाड विश्वविद्यालयको पब्लिक हेल्थले गरेको अनुसन्धानमा हरेक दिन मासु खानेहरुमा मुटुरोग तथा क्यान्सर हुने सम्भावना रहेको पाइएको छ।

हरेक दिन एउटा ताँस बराबरको काँचो रातो मासु सेवन गर्दा १३ प्रतिशतले मुटु तथा क्यान्सरको रोगले मृत्यु हुने सम्भावना रहन्छ।

त्यस्तै, हरेक दिन पकाएको मासु, वा दुई टुक्रा र्पोक (बंगुरको मासु) खाँदा २० प्रतिशतले मुटु तथा क्यान्सरको रोगल मृत्यु हुने सम्भावना रहन्छ।
मासु खानु नराम्रो होइन तर कस्तो खालको मासु खाँदा शरीरलाई फाइदा पुग्छ विचार गर्न जरुरी हुन्छ।

रातो मासु धेरै खानु स्वास्थ्यका लागि हानिकारक तथा यसलाई सन्तुलित आहारका रुपमा लिर्इंदैन, मुटुरोग विशेषज्ञ स्टेफेन हुले भने।
रातो मासुमा धेरै कोलेस्ट्रोल, बोसो तथा सोडियम हुन्छ। यस्तो मासु सिमित खाँदा राम्रो हुन्छ।

कति बेला खाने रातो मासु?

चिकित्सकका अनुसार जो मानिसलाई मुटुको समस्या तथा हृदयघात हुने समस्या हुन्छ वा स्ट्रोकको खतरा हुन्छ, उनीहरुले रातो मासु खानै हुँदैन। आफ्ना परिवारमा कोलेस्ट्रोल, उच्च रक्त श्राव तथा मुटु रोगी छन् भने रातो मासु नखाने वा ज्यादै कम खाने गर्नुपर्छ।

त्यस्ता व्यक्तिहरुले खानामा फलफुल, तरकारी, गेडागुडी, कम बोसो भएका दुग्ध खानेकुरा, चिकेन, माछा, ओखर जस्ता खानेकुरा आफ्नो पोषणमा राख्नु जरुरी हुन्छ।
जसलाई रातो मासु खान मन लाग्छ उनीहरुले ६ देखि ८ टुक्रा मासु हप्ताको एक वा दुई चोटी मात्र खाने गर्नुपर्छ।

मासुलाई धेरै नपकाउनु होस्

मासु पकाउँदा धेरै पकाउने वा डढाउनु हुँदैन।

रातो मासु, वा कुखुरा, माछा धेरै तापक्रममा पकाउँदा हाइड्रोकार्वोन निस्किन्छ। हाइड्रोकार्वोन कासिनोजेनिक हुन्छ, जसले पेटको क्यान्सर गराउँछ।

धेरै तारेको र पोलेका मासु खाँदा स्वादिष्ट हुन्छ तर ग्रिल गरेर थोरै तातोमा पकाएको मासु खाँदा फाइदाजनक हुन्छ।

स्वस्थ्य खाने बानी सानैबेला देखि शुरु हुन्छ। त्यसैले पनि बालबालिकालाई सानै बेलादेखि रातो मासु खानेबानी नलगाउनुस्। उनीहरुलाई रातो मासुको सट्टा अन्य मासु खुवाएर पनि पोषण मिलाउन सकिन्छ।

 

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *