डिएम र एमसिचएकालागि १० वटा कलेजको सिट तोकियो

हेल्थपोस्ट नेपाल

चिकित्सा शिक्षा आयोगले डिएम र एमसिचएका लागि १० वटा कलेजको सिट तोकेको छ। आयोगले डिएममा १२ र एमसिएचमा ६ गरी १८ वटा विषयका लागि सिट निर्धारण गरेको हो।

कार्डियोलोजीमा १३ वटा सिट तोकिएको छ भने ग्यासट्रोइन्टेरोलोजीमा ७ वटा, नेफ्रोलोजीमा ६, क्रिटिकल केयरमा ४ वटा, न्यारोलोजी तथा पल्मोनालोजीमा ३/३, हेपाटोलोजी तथा मेडिकल अंकोलोजीमा २/२ र इर्मजेन्सी मेडिसिन, इन्डोक्राइनोलोजीर मेडिकल हेमाटोलोजीमा १/१ सिट निधारण गरिएको छ।

त्यस्तै, एमसिएच विधामा युरोलोजीमा ११, न्युरो सर्जरीमा ९ वटा सिट, जिआई सर्जरीमा ८, प्लास्टिक सर्जरीमा ५, कार्डियो थोरासिक तथा भास्कुलर सर्जरीमा ५ र पेडियाट्रिक सर्जरीमा १ सिट निर्धारण गरिएको छ।

आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, काठमाडौं मेडिकल कलेज, केयू स्कुल अफ मेडिकल साइन्सेस, महाराजगञ्ज मेडिकल क्याम्पस, मणिपाल कलेज अफ मेडिकल साइन्सेस, नेसल एकेडेमी अफ मेडिकल साइन्सेस, नेपाल मेडिकल कलेज र नोबल मेडिकल कलेजका लागि सिट निर्धारण गरेको हो।



Leave a Reply

Your email address will not be published.