आज १४ हजार ७८७ सक्रिय संक्रमित, १२ जनाको निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा थप ७८५ जना कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर १२ हजार १९५ नुमना परीक्षणमा गरिएको ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सोही अवधिमा ८८८ जना संक्रमित निको भएका छन्। यो सँगै नेपालमा ७ लाख ७६ हजार ८३१ संक्रमित निको भएका छन्।

सोमबार देशभर १४ हजार ७८७ सक्रिय संक्रमित छन्। जसमध्ये १३ हजार ६२२ होम आइसोलेसन र १ हजार १६५ क्वारेन्टाइनमा छन्।

मन्त्रालयको पछिल्लो २४ घन्टामा १२ जना संक्रमितको निधन भएको छ।

यो सँगै नेपालमा ११ हजार २४३ निधन भएको छ।

मन्त्रालयको तथ्यांक अनुसार १११ भेन्टिलेटरमा सहित ३१४ को आइसियूमा राखी उपचार भइरहेको छ।

आज देशभर २३१ क्वारेन्टाइमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *