नर्सको काउन्सिलमा नामदर्ता परीक्षा ११ मंसिरमा, २९ कात्तिकसम्म अनलाइन आवेदन दिइसक्नुपर्ने

हेल्थपोस्ट नेपाल

नेपाल नर्सिङ परिषद्ले परिषद्मा नाम दर्ता प्रमाणपत्र परीक्षा ११ मंसिरका लागि तय गरेको छ । परिषद्ले सूचना जारी गर्दै परीक्षाको मिति निर्धारण गरेको हो ।

परीक्षामा सहभागी हुने विद्यार्थीले असोज ३१ देखि २९ कात्तिक अनलाइन आवेदन दिइसक्नुपर्ने जनाएको छ । बिएएस्सी नर्सिङ वा प्रवीणता प्रमाणपत्र तह (पिसिएल) नर्सिङ उत्तीर्ण विद्यार्थीले काउन्सिलको दर्ता प्रमाणपत्रमा सहभागी हुन पाउनेछन् ।

निर्धारित मितिमा परीक्षा फारम भर्न छुटेका विद्यार्थीले दोब्बर दस्तुर बुझाई मंसिर ८ सम्म
आवेदन दिन सक्ने परिषद्को सूचनामा उल्लेख छ । नाम दर्ता परीक्षा उत्तीर्ण गरेपछि मात्र नर्स स्वास्थ्यसेवा प्रदान गर्न योग्य मानिन्छन्।

परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले exam.nnc.org.np मा गई दिइएको सूचनाबमोजिम आवेदन दिन सक्नेछन्। काउन्सिलले अनलाइनबाहेक अन्य माध्यमबाट दिइएको आवेदन फारम स्वीकार नगर्ने जनाएको छ ।

नर्सको यसअघिका लाइसेन्सिङ परीक्षाको नतिजा सन्तोषजनक हुन सकेको छैन। परीक्षामा सहभागी नर्समध्ये ठूलो संख्यामा अनुत्तीर्ण हुँदै आएका छन्। यद्यपि, हालसम्म नर्सिङ परिषद्मा करिब ९० हजार नर्सले नाम दर्ता गराइसकेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *