कपिलवस्तुको झाडापखाला प्रभावित क्षेत्रको पानीमा इकोली नामक किटाणु फेला

हेल्थपोस्ट नेपाल

कपिलवस्तुको कृष्णनगर नगरपालिकाको झाडापखाला प्रभावित क्षेत्रको पानीमा इकोली नामक किटाणु फेला परेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा झाडापखला प्रभावित क्षेत्रको पानीको एउटा नमुनामा इकोली देखिएको उल्लेख छ ।

 

‘इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, विश्व स्वास्थ्य संगठन, प्रदेश स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयको सहकार्यमा नियन्त्रय, व्यवस्थापन तथा थप अनुसन्धान गरि उक्त प्रकोपको कारण तथा सम्भावित स्रोतको खोजी कार्य जारी रहेको छ। जसअन्तगर्त पानीको एक नमुनामा इकोली नामक किटाणु फेलाको र अन्यको नमुनाको परीक्षण भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

त्यसैगरी, मन्त्रालयले कपिलवस्तुको कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा देखिएको झाडापखाला नियन्त्रणमा आएको जनाएको छ।

असोज १८ गते यता देखिएको झाडापखाला र बान्ताको लक्षण भएका बिरामीहरुको आवश्यक उपचार भइरहेको मन्त्रालयले जनाएको छ। प्रभावित क्षेत्रमा झाडापखाला तथा वान्ताका बिरामी ६८८ पुगेको मन्त्रालयले जनाएको छ ।

कृष्णनगर नगरपालिकाको ७, ८ र ९ मा फैलिएको झाडापखला तथा वान्ताका कारण आइतबारसम्म बिरामी हुनेको संख्या ६८८ पुगेको विज्ञप्तिमा उल्लेख छ ।

जसमध्ये ६३१ जना डिस्चार्ज भएका छन् भने ४० जना बिरामीको तौलिहवास्थित कपिलवस्तु अस्पताल र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा  उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, १७ जनाको कृष्णनगर नगरपालिका स्थित शिवराज अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले झाडापखाला र वान्ताको लक्षण देखिएका सबैको निशुल्क उपचारको व्यवस्था गरिएको पनि जानकारी दिएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *