एक हजारभन्दा कम कोरोना संक्रमित, ११ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

नेपालका ७ सय ६० कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३१ जनाको परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो।

यस्तै २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय २१ पुगेको छ।

 

नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ३ सय ४० पुगेको छ। जसमा १४ हजार १ सय ६८ जना होम आइसोलेनमा छन् भने १ हजार १ सय ७२ जना संस्थागत आइसोलेसनमा र ३ सय १७ जना आइसीयूमा छन्।

२४ घण्टामा ८ सय ९९ जना निको भएकाछन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *