कोरोनालाई गिज्याउँदै किनमेल गर्नेको भीड (फोटोफिचर)

नेपालीहरूको महान चाड दसैं सुरु भएसँगै बजारमा किनमेल गर्नेहरुको भीड बढेको छ। किनमेल सकेर घर फर्किनेको पनि भीड उस्तै छ। काठमाडौंका मुख्य व्यापारिक बजार न्युरोड, संकटा, विशालबजार, असन, भोटाहिटी, जमल, महाबौद्ध, इन्द्रचोकलगायतका स्थानमा सर्वसाधारणको घुइँचो बाक्लो छ। यहाँ हिँड्नसमेत मुस्किल छ।
दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडा, सुनचाँदी, भाँडाकुँडा किन्नेको घुइँचो यी क्षेत्रमा लाग्ने गर्छ। तर, बजारमा भीड बढे पनि व्यवसायी भने व्यापारबाट सन्तुष्ट छैनन्। गत वर्षको तुलनामा भीड निकै बढे पनि व्यापार भने सुस्त रहेको व्यवसायी बताउँछन्। कोरोनाका कारण धेरै ग्राहक आर्थिक अभावको मारमा परेकाले पनि सोचेअनुरुप व्यापार हुननसकेको व्यापारी बताउँछन्।
बजारमा भीड बढेसँगै कोरोना संक्रमणको जोखिम पनि निकै बढेको छ। मानिसहरु स्वास्थ्य मापदण्डको पालना नगरि बजारमा हिँडेका छन्। जसले अवस्था भयावह नबनाउला भन्न सकिन्नँ।
काठमाडौंको न्युरोड क्षेत्रमा किनमेल गर्नेको भीड –