आज १५ हजार ३४० सक्रिय संक्रमित, ११ को निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा ७६० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १२ हजार ३१ नमुनाको परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा भने ८९९ जना संक्रमणमुक्त भएका छन्। हालसम्म नेपालमा ७ लाख ७५ हजार ७२ संक्रमणमुक्त भइसकेका छन्।

शनिबार देशभर १५ हजार ३४० सक्रिय संक्रमित छन्। जसमध्ये १४ हजार १६८ होम आइसोलेसन तथा १ हजार १७२ संस्थागत आइसोलेसनमा छन्।

मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ११ संक्रमितको निधन भएको छ।

यो सँगै निधन हुनेको संख्या ११ हजार २२१ पुगेको छ।

शनिबार देशभर ११३ भेन्टिलेटरमा सहित ३१७ जनालाई आइसियूमा राखि अस्पतालमा उपचार भइरहेको छ।

देशभर आज २३६ जना क्वारेन्टाइमा छन्।

शुक्रबार ९० हजार ९९३ जनाले कोरोना खोप लगाएका छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *