आज सक्रिय संक्रमित १५ हजार ६१४,आईसीयूमा ३१३

हेल्थपोस्ट नेपाल

नेपालमा पछिल्लो २४ घन्टामा ७६४ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार १० हजार ६८८ जनामा कोरोना परीक्षण गर्दा ७६४ जनामा संक्रमण पाइएको हो।

 

शुक्रबार थपिएकासँगै देशभर सक्रिय संक्रमित १५ हजार ६१४ जना छन् । ५०० भन्दा बढी संक्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी संक्रमित भएका जिल्ला २० छन्।

पछिल्लो २४ घन्टामा एक हजार ३३ जनाले संक्रमण जितेका छन् । योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कूल संख्या सात लाख ७४ हजार १७३ छ।

नेपालमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ७ प्रतिशत छ । यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गएको छ। अहिलेसम्म संक्रमणबाट ११ हजार २१० जनाको निधन भइसकेको छ।

हाल देशभर ३१३ जना सघन उपचार कक्ष (आईसीयू), ११३ जना भेन्टिलेटर, १४ हजार ४६१ जना होम आइसोलेसन, एक हजार १५३ जना संस्थागत आइसोलेसन र २४१ जना क्वारेन्टिनमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *