राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा

हेल्थपोस्ट नेपाल

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलले सरकार गठन भएके ८८ दिनपछि पूर्णता पाएको छ। राष्ट्रपति कार्यालयले नवनियुक्त मन्त्रीहरुको नाम सार्वजनिक गरेको छ।

राज्यमन्त्री उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई राज्यमन्त्रीकै रुपमा प्रधानमन्त्री कार्यालयमा तानेका हुन्।

स्वास्थ्य मन्त्रीमा एकीकृत समाजवादीका नेता बिरोध खतिवडा र राज्यमन्त्रीमा भवानी खापुङले जिम्मेवारी पाएपछि श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा तानिएको हो।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *