स्वास्थ्यमन्त्रीमा रामकुमारी झाँक्री, राज्यमन्त्रीबाट हट्ने भए उमेश श्रेष्ठ

हेल्थपोस्ट नेपाल

नेकपा (एकीकृत समाजवादी) ले आफ्नो तर्फबाट सरकारमा सहभागी हुनेहरूको नाम र मन्त्रालयको टुंगो लगाएको छ।

आज बिहान बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले मन्त्री हुनेको नाम र मन्त्रालयको टुंगो लगाएको नेता विरोध खतिवडाले जानकारी दिए।

खतिवडाका अनुसार एकीकृत समाजवादीले पाएका चार मन्त्रालय शहरी विकासमा खतिवडा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रामकुमारी झाँक्री, पर्यटन तथा

नागरिक उड्ययनमा प्रेम आले र श्रम तथा रोजगारमा किसान श्रेष्ठलाई पठाउने निर्णय गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन्।

त्यसैगरी, नेपाली कांग्रेसका तर्फबाट स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठ राज्यमन्त्रीबाट हट्ने भएका छन्।

उनी साउन १० गते राज्यमन्त्री नियुक्त भएका थिए। स्वास्थ्य राज्यमन्त्री भएको ७५ दिनमा उनी जिम्मेवारीबाट हट्ने भएका हुन्।

श्रेष्ठलाई अन्य मन्त्रालयमा सरुवा गर्ने वा जिम्मेवारी नै नदिने भन्ने विषयमा भने अझै टुंगो भने लागिसकेको छैन।

शिक्षा र स्वास्थ्य क्षेत्रका व्यवसायी श्रेष्ठलाई राज्यमन्त्री बनाएपछि प्रधानमन्त्री देउवाको चर्को आलोचना हुँदै आएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *