चीन, क्यानडा र माल्दिभ्सले नेपाललाई १६ लाख कोरोना खोप सहयोग गर्ने

हेल्थपोस्ट नेपाल

चीन सरकारले नेपाललाई कोभिड–१९ विरुद्धको थप १० लाख डोज खोप सहयोग गर्ने भएको छ।

चीनले उत्पादन गरेको सिनोभ्याक कम्पनीको खोप नेपाललाई अनुदानमा दिने भएको हो ।

त्यस्तै, नेपाललाई क्यानडा र माल्दिभ्सले ६ लाख डोज अस्ट्राजेनेका खोप अनुदानमा उपलब्ध गराउने भएका छन्।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार क्यानडाले कोभ्याक्स सुविधामार्फत ४ लाख डोज खोप दिने भएको छ। त्यसैगरी माल्दिभ्सले दुई लाख ३० हजार डोज खोप अनुदानमा उपलब्ध गराउने बताइएको छ।

क्यानडा र माल्दिभ्सले उपलब्ध गराउने खोप खोप चाँडै नेपाल आइपुग्ने विभागले जनाएको छ।

बुधबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच भएको छलफलमा सो सहमति भएको राज्यमन्त्री श्रेष्ठले ट्विटरमार्फत जानकारी दिएका छन्।

स्वास्थ्य मन्त्रालयको मंगलबारको तथ्यांक अनुसार नेपालमा हालसम्म ६४ लाख ९ हजार १९६ जना व्यक्तिले कोरोना विरुद्धको पूर्ण खोप लगाइसकेका छन्। त्यो लक्षित जनसंख्याको २९ दशमलभ ५ प्रतिशत हो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *