निगमका पूर्वअध्यक्ष चतुर्वेदीको घरको छतबाट खसेर मृत्यु, आत्महत्याको आशंका

हेल्थपोस्ट नेपाल

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको घरको छतबाट खसेर मृत्यु भएको छ। निर्माणाधीन घरको चौथो तलाबाट खसेर उनको मृत्यु भएको प्रहरीले बताएको छ।

चावहिलस्थित बुलबुलेको निर्माणाधीन घरबाट खसेर उनको मृत्यु भएको हो तर, उनले आत्महत्या गरेको हुन कि खसेका हुन् भन्ने विषयमा भने अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए।

 

तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको इजलासले चतुर्वेदीलाई भ्रष्टाचारी ठहर गर्दै १ करोड ३९ लाख जरिवाना, विभिन्न चल/अचल सम्पत्ति जफत र कैद हुने फैसला गरेपछि उनी जेल चलान भएका थिए। २०६८ सालमै जेल गएपछि उनी डिप्रेशनको बिरामी भएको परिवारले जनाएको छ। केही वर्षअघि मात्रै उनी जेलमुक्त भएका थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *