देशभर थपिए १०४३ नयाँ सक्रमित, १२ को मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा देशभर १०४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो देशभरका प्रयोगशालामा गरिएको १५,४६५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

११,१६५ जनाको पिअिसार विधिबाट परीक्षण गर्दा ८९१ र ४३०० जनाको एन्टीजेन परीक्षण गर्दा १९४ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ।

आज देशभर ८९१ संक्रमित निको भई डिस्चार्ज भएका छन्।

देशभर १६,१९४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ,जसमध्ये १४,९७५ होम आइसोलेसनमा छन्।

संस्थागत आइसोलेसनमा १२१९ संक्रमित छन् भने ३३८ जना आइसियु र ११५ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

देशभर ४७६ जना क्वारेन्टाइनमा रहेका छन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ५९ हजार ११२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *