विद्यालयमा भर्ना हुनुअघि अनिवार्य आखाँ जाँच

हेल्थपोस्ट नेपाल

नेपाल नेत्र ज्योति संघले विद्यालयमा बालबालिका भर्ना हुनु भन्दा अघि अनिवार्य आँखा जाँच गराउनुपर्ने योजना बनाउन स्वास्थ्य मन्त्रालयसँग छलफल गरिरहेको छ।

सरकारले यस वर्षको नीति तथा कार्यक्रममा आँखा स्वास्थ्य विद्यालयमा अनिवार्य गर्ने योजना प्रस्तुत गरेको थियो।

यसै विषयलाई ध्यानमा राखेर संघले योजना तयार गरिरहेको छ।

देशभर २२ आँखा अस्पताल, १२८ उपचार केन्द्र, ४१ वटा जिल्ला शाखा स्थापना गरेको संघले अब हरेक वडा तथा पालिकाहरुमा पनि आँखा उपचारका लागि केन्द्र स्थापना गर्ने जानकारी दियो।

बुधबार आयोजना गरिएको विश्व दृष्टि दिवसको कार्यक्रममा बोल्दै संघका कार्यकारी निर्देशक डा. शैलेस मिश्रले अन्य रोगको जस्तै आँखाको पनि रुटिन जाँच गराउन जरुरी रहेको बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *