प्रदेश १ ले माग्यो ठूलो संख्यामा स्वास्थ्य कर्मचारी

हेल्थपोस्ट नेपाल

प्रदेश १ को पथरी शनिश्चरे नगरपालिकाले करार सेवाको लागि स्वास्थ्य कर्मचारीको माग गरेको छ।

नगरपालिकाले एक सूचना जारी गर्दै स्वास्थ्यका विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।

मेडिकल अधिकृत, रेडियोग्राफर,ल्याब टेक्निसियन,सहायक कम्प्युर अपरेटर, कार्यालय सहयोगी, र सुरक्षा गार्ड एक–एक जना माग गरेको छ।

त्यस्तै अहेब, अनमी तीन–तीन जना माग गरेको छ।

५ कार्तिक सम्म दरखास्त पेश गरिसक्नुपर्ने सूचनामा उल्लेख छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *