आज १६ हजार २४८ सक्रिय संक्रमित, ६ जनाको निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा थप ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१६ हजार ४२ जनाको नमूना परीक्षण गरिएकोमा ९६८ जनामा कोरोना भाइरसको संक्रमण भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार गत २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरी ६ जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४८ रहेको छ।

एक हजार ११४ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९६.६ प्रतिशत छ।

त्यस्तै काठमाडौं उपत्यकामा थप तीन सय २ जना संक्रमित थपिएका छन्। काठमाडौंमा दुई सय ३१ जना, भक्तपुरमा ३० जना र ललितपुरमा ४१ संक्रमित थपिएका हुन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *