कपिलवस्तुमा झाडापखाला फैलिँदा दुई को मृत्यु, एक सय बढी बिरामी

कपिलबस्तुको कृष्णनगर नगरपालिकामा झाडापखाला फैलिँदा २ जनाको मृत्यु भएको छ भने एकसय बढी बिरामी परेका छन् ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार झाडापखालाबाट मृत्यु हुनेमा वडा नं. ८ का ४० बर्षिय रामप्रसाद केवट र वडा नं. ९ का ५ बर्षिय राज कश्यप  छन् ।

नगरपालिकाको वडा नं. ७, ८ र ९ मा गय रातिदेखि झाडापखाला लागेका बिरामी देखिएको स्वास्थ्य शाखामा प्रमुख शंकर भट्टराईले जानकारी दिए ।

उनले त्यसरी झाडापाखा फैलिने गाउँहरुमा नगरपालिकाको बहादुरगंज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरा लगायतका गाउँ रहेको बताए ।

झाडा पखाला र बान्ताका बिरामी निरन्तर बढ्दै गएपछि कृष्णनगर नगरपालिकाको स्वास्थ्य शाखाले स्वास्थ्य टोली खटाइ जानकारी लिइरहेको छ ।

अहिलेसम्म ति गाउँहरुमा १ सय ५ जना बिरामीको रेकर्ड आएको र ५२ जना बिरामीको स्थानीय शिवराज अस्पताल बहादुरगंजमा उपचार भइरहेको स्वास्थ्य संयोजक भट्टराइले बताए ।

उनले सात जनाको अवस्थालाई मध्यनजर गरी थप उपचारको लागि जिल्ला अस्पताल तौलिहवामा रिफर गरिएको जानकारी दिए । उनका अनुसार अहिले स्वास्थ्यको टोलीले बिरामी पर्नेको संख्या लिने र कारणको खोजी गर्ने काम गरिरहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *