यी हुन् शहिद गंगालाल हृदय केन्द्रमा नाम निकाल्न सफल डाक्टर र नर्स

शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले एक जना रजिष्ट्रार कार्डियोभास्कुलर सर्जरी र वरिष्ठ स्टाफ नर्सको नतिजा निकालेको छ । लोकसेवा आयोगको सिफारिस अनुसार केन्द्रले आज सूचना प्रकाशित गर्दै स्थायी सेवामा नाम निकालेका रजिष्ट्रार कार्डियोभास्कुलर सर्जरीमा ऋचा जोशी तथा वरिष्ठ स्टाफ नर्समा वर्षा भण्डारीको नाम प्रकाशित भएको छ।
यस्तै, नर्सिङतर्फ वैकल्पिकमा सविना तुल्सीबाख्योले नाम निकाल्नुभएको छ। उत्तीर्ण उम्मेदवारले ३० दिन भित्र र राजपत्रित श्रेणी मा उत्तीर्ण भएका उम्मेदवारहरु १५ (पन्ध्र) दिन भित्र केन्द्रमा सम्पर्क गर्नु पर्छ।