सरकारी चिकित्सकः तालिम लिएको विशेषज्ञताको प्रचार निजी फार्मेसीमा

हेल्थपोस्ट नेपाल

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सरकारी चिकित्सकको प्रचारप्रसार एक निजी फार्मेसीमा गर्दै आएका छन्।

धनगढीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त प्रमुखको निजी फार्मेसीमा प्रचार (विज्ञापन) गरिएको पाइएको हो।

प्रदेश आयुर्वेद चिकित्सालयका निमित्त प्रमुख डा. खगेन्द्र बमको धनगढी उपमहानगरपालिका–४ मा रहेको शुभारम्भ फार्मेसीमा प्रचारप्रसार गरेको पाइएको हो।

सो फार्मेसीमा डा. खगेन्द्र बम सिनियर आयुर्वेद फिजिसियन बिएएमएस (आइओएम, टियु) एनएमएमसी नं. १५७ पूर्वकार्यरतः नरदेवी आयुर्वेदिक अस्पताल काठमाडौं, हालः सेती अञ्चल आयुर्वेद अस्पताल धनगढी लेखिएको छ। उक्त बोर्डमा चीनको बेइजिङबाट कलेजो रोगसम्बन्धी विशेष तालिम प्राप्त भनी उल्लेख गरिएको छ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले तत्कालीन सेती आयुर्वेद अस्पताललाई २०७७ फागुन ४ मा प्रादेशिक आयुर्वेद चिकित्सालयमा गाभेको थियो।

तत्कालीन सेती आयुर्वेद अस्पतालका प्रमुख डा. खगेन्द्र बमलाई २०७७ फागुन २१ गते प्रादेशिक आयुर्वेद चिकित्सालयको निमित्त प्रमुखको जिम्मेवारी दिइएको थियो।

नेपाल सरकारको २०७७ साउन ९ को निर्णयअनुसार स्वास्थ्य संस्थामा एक चिकित्सक र स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था अवधारणा लागू गरिनेछ भनी निर्णय गरी परिपत्रसमेत गरिएको छ।

सोही परिपत्रअनुसार सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले २०७७ साउन २० गते प्रदेश मातहतका निकायमा परिपत्र गरेको थियो।

सो परिपत्रमा सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आफू कार्यरत रहेको सरकारी संस्थाको निजी क्लिनिक तथा अस्पताल लेख्न पाइने छैन भनी परिपत्र गरेको थियो । तर, अझै कार्यान्वयनमा आउन सकेको छैन।

उक्त आयुर्वेद चिकित्सकका बारेमा संञ्चार माध्यममा समाचार प्रकाशन भएपछि क्याम्पस रोडस्थित ओम आशा अस्पतालबाट डा.बमको नेम प्लेट हटाइएको छ।

 



One thought on “सरकारी चिकित्सकः तालिम लिएको विशेषज्ञताको प्रचार निजी फार्मेसीमा

  1. जहिले पनि एउटा डा खगेन्द्र बम लाइ मात्र निजि क्लिनिक मा कामगरेको देख्नु हुन्छ र ।
    सरकारि डाक्टर निजि क्लिनिक मा बिरामी नहेर्ने भेट्टाउन गाह्रो होला ।
    सबै को नाम दिनु पर्यो ।
    कि डाक्टर खगेन्द्र बम लाई बलिको बोका बनाउनु भएन
    मेरो बिचार ।
    डाक्टर खगेन्द्र मेरो आफन्त पनि होईन । तैपनि
    यथार्थ बिचार राखेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *