थपिए १०३० संक्रमित, १० को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १०३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १०,८७४ जनामा पिसिआर र एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो।
५८९३ जनामा पिअिसार परीक्षण गर्दा ८१२ र ४९८१ जनाको एन्टीजेन परीक्षण गर्दा २१८ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ।
देशभर एक हजार जना संक्रमित निको भई डिस्चार्ज भएका छन्।
देशभर १६,६०६ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये १५,५३४ होम आइसोलेसनमा रहेका छन्।
त्यसैगरी, संस्थागत आइसोलेसनमा ११५२ संक्रमित छन् भने ३५१ जना आइसियुमा र ११८ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।
देशभर २४१ जना क्वारेन्टाइनमा रहेका छन्।
पछिल्लो २४ घण्टामा देशभर एक लाख २० हजार ५४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।