आई लेन्समा ड्रग लुकाउने शाहरुख खानका छोरा आर्यन अदालतमा पेश

हेल्थपोस्ट नेपाल

भारतका प्रख्यात अभिनेता शाहरुख खानका छोरा आर्यन खानसहित आठजना लागू औषध प्रयोग, बिक्रि–वितरण गरेकाे आरोपमा पक्राउ परेका छन्।

समुद्रको बीचमा जारी इम्पाएर क्रुज सिपमा नार्कोटिक कन्ट्रोल ब्युरो (एनसिबी) ले आइतबार छापा मारेको थियो । जहाँ आर्यनसहित अन्यले पार्टी गरिरहेका थिए।

एनसिबीले उनीहरुलाई मुम्बाई अदातलमा सोमबार पेश गरिएको छ। भारतीय सञ्चार माध्यमका अनुसार एनसिबीले आर्यनको आईलेन्स कभरबाट ड्रग्स फेला पारेकाे थियाे।

यसबाहेक पार्टीमा रहेकी मुनमुन धमिचाले सेनेटरी प्याडको बीचमा ड्रग्स लुकाएको समाचारमा उल्लेख छ। आर्यनसँगै पक्राउ परेका अरबाज मर्चेन्टले जुत्ता भित्र ड्रग्स लुकाएका थिए।

औषधि राख्ने सामान तथा भित्रि लुगामा पनि ड्रग लुकाइएको थियो।

यसबाहेक पक्राउ अन्य पाँचमध्ये दुई जनाले ड्रग्स फ्याँक्ने प्रयास गरेपनि एनसीबीको टोलीले उनीहरुलाई सोही समयमा पक्राउ गरेको थियो।

पक्राउ परेका सबैलाई नारकोटिक्स ड्रग्स एण्ड साइकोट्रोपिक सब्सटेन्स एक्टको धारा अन्तर्गत पक्राउ गरिएको प्रहरीले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *