उपचारपछि फर्किए माधव नेपाल

हेल्थपोस्ट नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल उपचारपछि घर फर्किएका छन्।

गत असोज १३ गतेदेखि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएर उपचार गराइरहेका थिए।

भाइरल ज्वारो आएर अस्पताल भनाए भएका उनी स्वास्थ्यलाभपछि अध्यक्ष नेपाल आज घर फर्केका हुन्।

उनका स्वकीय सचिव मोहन गौतमका अनुसार चिकित्सकले अध्यक्ष नेपाललाई केही दिन घरमै आराम गर्न भनेका छन्।

अध्यक्ष नेपाललाई ज्वरो र खोकीलगायत समस्या देखिएको थियो। उनलाई कोरोना परीक्षण गरे पनि नेगेटिभ आएको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *