यस्ता छन् कान्ति अस्पताल सुधार गर्ने निर्देशक डा. रायमाझीका कार्ययोजना

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ वटा पेडियाट्रिक भेन्टिलेटर र १० वटा हाईफ्लो नेजल क्यानुला कान्ति बाल अस्पताललाई हस्तान्तरण गरेको छ।

हेल्थ इन्भारोमेन्ट तथा क्लाइमेन्ट एक्सन फाउन्डेशन (हिक्याक्प ३६०) समन्वयमा चु जी फाउन्डेशनले उपलब्ध गराएको उपकरण स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थित भई हस्तान्तरण भएको छ।

कान्ति बाल अस्पतालमा आयोजित कार्यक्रममा   मन्त्री श्रेष्ठले कोरोना महामारीको तेस्रो लहर आउने सम्भावना भएका कारण यी स्वास्थ्य सामाग्री उपयोगी हुने बताए।

जनशक्तिको अभाव झेलिरहेको अस्पताललाई सहज सुचारु गराउन प्रक्रिया सुरु गरेको भन्दै श्रेष्ठले बालबालिकाका लागि चाँडै कोरोना विरुद्धको खोप उपलब्ध गराउने जानकारी दिए।

अस्पताका निर्देशक डा. अजित रायमाझीले दरबन्दी अभावमा पनि अस्पताले उपचार सेवा पुर्‍याइरहेको बताए।

 

‘देशभरका साधारण, विपन्न तथा सीमान्तकृत जनताको बढी पहुँच भएको यो अस्पतालमा उपलब्ध सेवा सर्वसुलभ र नियमित गर्न थुप्रै चुनौति र समस्या छन्,’ डा. रायमाझीले भने।

‘एकीकृत ५२ शय्याको बिस्तारित आइसियु संचालन गर्न र ५६ जनाको दरबन्दी ९२० चिकित्सक, ३५ नर्स, एक बायोमेडिकल इन्जिनियरको अस्थायी दरबन्दी पुनः स्वीकृतको प्रक्रियामा स्वास्थ्य मन्त्रालयमा रहेको छ,’ उनले भने।

त्यस्तै, अस्पतालले जाइकाको प्राविधिक टोलीले स्थलगत अध्ययन गरी अत्याधुनिक १.५ टेस्लाको एमआरआई स्क्यान, १२८ स्लाइस्ड सिटि स्क्यान, तीन वटा भेन्टिलेटर, तीन प्यासेन्ट मोनिटर, २० वटा इन्फ्जिन तथा सिरिन्ज पम्प उपकरण अर्को वर्ष भित्र जडान गर्ने डा. रायमाझीले बताए।

डा. रायमाझीले आफू नियुक्त भएपछि गरेको कार्यविवरण पनि प्रस्तुत गरेका थिए।

बाल रोगका प्राध्यापक समेत सहेका निर्देशक रायमाझीले आफ्नो कार्यकालको अवधिमा बाल शल्य चिकित्सा विद्या सुरु गर्न लागेका छन्। यो अध्ययन नेपालमा पहिलो पटक हुन लागेको हो।

‘अस्पतालमा करीब ६ महिनाको अथक प्रयास पनि नेपालमा पहिलो पटक ‘बाल शल्य चिकित्सा विद्या’ (एमसिएच इन पेडियाट्रिक सर्जरी) को अध्ययन अध्यापनको अनुमति पाइसकेको छ। अब चाँडै नै यसको अध्ययापन सुरु गरी नेपालमै सर्जन उत्पादन गर्नेछौं,’ उनले भने।

त्यस्तै चिकित्सा शिक्षा आयोगले अस्पताललाई ब्यच्लर इन नर्सिङ इन पेडियाट्रिक क्रिटिकल केयरको ३ वर्षे अध्ययनका लागि अनुमति दिइसकेको छ। यसका लागि भर्ना प्रक्रिया सुरु भइसेकेको उनले बताए।

विराटनगर र पोखरामा कान्ति अस्पतालको बाल क्यान्सर इकाइ (पेडियाट्रिक अंकोलोजी युनिट) अन्र्तगत सेर्ड क्यान्सर केयर सेन्टर स्थापना गरेको छ। वल्ड चाइल्ड क्यान्सर युके प्रजोक्टले सातै वटा प्रदेशमा सुरु गर्न लागेको सेन्टर मध्य दुई वठा स्थापना भएका छन्।

त्यस्तै, बच्चाको क्यान्सरमा नर्सिङ व्यवस्थापन, फेलोसिप इन पेडियाट्रिक अंकोलोजी नर्सिङ सम्बन्धि अध्ययनका लागि १ वर्षे तालिम संचालनको प्रकृया सुरु गरेको उनले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *