नर्भिक अस्पतालका संस्थापक चौधरीको दुबईमा ‘ओपन हार्ट सर्जरी’

नर्भिक अस्पतालका संस्थापक वसन्तकुमार चौधरीको मुटुको शल्यक्रिया गरिएको छ।
गत मंगलबार दुबईस्थित अमेरिकन हस्पिटलमा उनको मुटुको शल्यक्रिया गरिएको थियो ।
‘ओपन हार्ट सर्जरी’ गरिएका चौधरीलाई अहिले ‘पोस्ट अपरेटिङ केयर’मा राखिएको नर्भिक अस्पतालले जानकारी दिएको छ ।
दुई दिनपछि उनको ‘डिस्चार्ज’ गर्ने तयारी भइरहेको उक्त अस्पतालले जनाएको छ । गत साता परिवारसँग छुट्टी मनाउन दुबई पुगेका चौधरी असोज ८ गते स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।
उपचारको क्रममा सामान्य खालको हृदयाघात भएको र मुटुको धमनीमा समेत समस्या देखिएपछि चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए। सोही सुझावअनुसार उनको मंगलबार शल्यक्रिया गरिएको हो।