आज एक हजारभन्दा कम कोरोना संक्रमित

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा एक हजारभन्दा कम कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशभर ६७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ९२० नमुना परीक्षणमा ६७९ जनामा संक्रमण पुष्टि भएको हो।

सोही समयमा एक हजार ४०५ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ।

आइतबार देशभर १६ हजार ८०४ जना सक्रिय संक्रमित छन्। जसमध्ये १५ हजार ५३४ होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा एक हजार २७० संक्रमित छन्।

मन्त्रालयको अनुसार आज ३३७ जना आइसियुमा र १०४ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २५२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर २६ हजार ४१९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *