कोरोना खोप : राष्ट्रसंघमा उठ्यो समान वितरणको बहस

हेल्थपोस्ट नेपाल

संयुक्त राष्ट्रसंघको महासभामा कोरोनाविरुद्धको खोपको समान वितरणको बहस उठेको छ। महासभामा विश्वका ७५ भन्दा बढी देशका प्रतिनिधिले कोरोना भाइरसविरुद्ध खोपको अधिकारका लागि आवाज उठाएका हुन्।

ती देशका प्रतिनिधिले विश्वका सबै देशले खोप पाउनुपर्ने माग गरेका हुन्। महासभामा आयोजना गरिएको एक बैठकमा आएका प्रतिनिधिले विश्वनै कोरोना महामारीको चपेटामा परेकाले सबै देशहरूलाई महामारीबाट बच्ने अधिकार रहेको बताए । उनीहरुले महामारीको सामना गर्न खोपको सहज उपलब्धतामा जोड दिए।

उक्त बैठकमा चीन पनि सहभागी रहेको थियो । चीन कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने ठूला देशहरु मध्येको एक हो । सो बैठकमा चीनले पनि विश्वमा खोपमा समानता हुनुपर्ने बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

सो बैठकमा सहभागी भएपछि ती देशका प्रतिनिधिहरुले कोरोना भाइरसलाई विश्वकै जनस्वास्थ्यको एक प्रमुख चुनौतीका रुपमा लिँदै त्यसका विरुद्धमा लड्न सबैको आवश्यक सहयोग रहेको बताएका थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *