आज १७ हजार ६४२ संक्रिय संक्रमित, ९ जनाको निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा ८६७ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ८ हजार २१९ नमुना परीक्षण गरिएकोमा उक्त संख्या संक्रमण पुष्टि भएको हो।

त्यस्तै काठमाडौं उपत्यकामा थप दुई सय ५५ जना संक्रमित थपिएका छन्। काठमाडौंमा एक सय ६४ जना, भक्तपुरमा २६ जना र ललितपुरमा ६५ संक्रमित थपिएका हुन्।

सोही अवधिमा भने १ हजार १२३ जना संक्रमणमुक्त भएका छन्। हालसम्म नेपालमा कुल संक्रमितमध्ये ७ लाख ६७ हजार ८१९ संक्रमणमुक्त भइसकेका छन्।

शनिबार देशभर १७ हजार ६४२ संक्रिय संक्रमित छन्। जसमध्ये १६ हजार ३७१ होम आइसोलेसन र १ हजार २७१ संस्थागत आइसोलेसनमा छन्।

पछिल्लो २४ घन्टामा ९ कोरोना संक्रमितको निधन भएको छ। यो सँगै नेपालमा कोरोनाबाट ११ हजार १५७ जनाको निधन भइसकेको छ।  यसैगरी कोरोनाबाट निको हुनेको दर ९६.४ प्रतिशत छ।

मन्त्रालयको अनुसार आज ११२ भेन्टिलेटरमा सहित ३५० जनाको आइसियूमा राखी उपचार भइरहेको छ।

शनिबार देशभर २३९ जना क्वारेन्टाइनमा छन्।

मन्त्रालयको अनुुसार शुक्रबार ८३ हजार ३७३ जनाले खोप लगाएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *