पिकअपको ठक्करबाट छोरीको मृत्यु, आमा गम्भीर

हेल्थपोस्ट नेपाल

झापामा पिकअपको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-५ घोडामाराकी १५ वर्षीया आइसा पौडेल हुन्। उनको उपचारका क्रममा विएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो।

उनलाई घोडामारास्थित भित्री सडकमा मे १ च २५४६ नम्बरको पिकअपले ठक्कर दिएको थियो। पिकअपको ठक्करबाट आइसाकी आमा ४० वर्षीया मिना पौडेल गम्भीर घाइते भएकी छन्। मिनाको दाहिने खुट्टा, अनुहार र नाकमा चोट लागेको छ।

 

घरछेउमा उभिइरहेका आमाछोरीलाई ठक्कर दिएपछि पिकअप पल्टिएको थियो। पिकअप पल्टिँदा त्यसमा सवार कन्काई नगरपालिका – ९ का ४७ वर्षीय देवीभक्त बोहरासमेत घाइते भएका छन्। विएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेका बोहोराको अवस्था सामान्य छ।

पिकअप चालक कन्काई – ८ का ३६ वर्षीय अभय राजवंशीलाई उपचारपश्चात् इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ। उनको निधार र दाहिने खुट्टामा सामान्य चोट लागेको झापा प्रहरीले जनाएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *