बालबालिकालाई डेल्टा भेरियन्टकाे संक्रमण हुने सम्भावना कति ?

डेल्टा भेरियन्ट के हो ?
कोभिड-१९ को डेल्टा भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सन’ भनेको छ किनकि डेल्टा भेरियन्ट पहिचान गरिएका ठाउँहरूमा सो भेरियन्ट मानिसबीच द्रुत गतिमा फैलिएको पाइएको छ।
के डेल्टा भेरियन्ट बढी संक्रामक छ ?
डेल्टा भेरियन्ट अघिल्लो भेरियन्टको तुलनामा दुई गुणा बढी संक्रामक रहेको पाइएको छ। अधिक संक्रामक भएपनि भीडभाड नगर्ने, अरुबाट भौतिक दूरी राख्ने, मास्क लगाउने अनि कुनै पनि सतह छोएपछि साबुन पानीले हात धुने गर्नाले डेल्टा भेरियन्टबाट बच्न सकिन्छ।
के कोभिड १९ विरुद्धका खोपहरु डेल्टा भेरियन्टविरुद्ध प्रभावकारी छन् ?
विश्व स्वास्थ्य संगठनबाट अनुमति प्राप्त कोभिड १९ का खोपहरु डेल्टा भेरियन्टसहित अन्य कोभिड–१९ का भेरियन्टविरुद्ध प्रभावकारी छन्। यी खोपहरुले गम्भीर बिरामी हुने जोखिम न्यूनिकरण गर्न मद्दत गर्दछ। त्यसैले आ–आफ्नो पालो अनुसार खोपको पूर्ण मात्रा लगाउनु जरुरी छ।
के बालबालिकाहरूलाई डेल्टा भेरियन्ट संक्रमण हुने अधिक सम्भावना छ ?
डेल्टा भेरियन्टले विशेष गरी बालबालिकाहरुलाई संक्रमित गर्छ भन्ने कुरा साँचो होइन। सबै उमेर समूहमा सो भेरियन्टको संक्रमणको दर बढेको पाइएको छ। डेल्टा भेरियन्ट अन्य भेरियन्टहरु भन्दा धेरै संक्रामक छ र भिडभाडमा। जाने र खोप नलगाएका मानिसहरुलाई।’ डेल्टा भेरियन्ट संक्रमण हुने बढी सम्भावना हुन्छ।
डेल्टा प्लस भेरियन्ट के हो ?
मानव कोशिकाहरुमा प्रवेश गर्नको लागि भाइरसले प्रयोग गर्ने स्पाइक प्रोटिनमा नयाँ उत्परिवर्तन आठपछि यसलाई डेल्टा प्लस भेरियन्ट नामाकरण गरिएको हो। यो भाइरस डेल्टा भेरियन्टसँग निकै नजिकको भएकोले यसलाई ग्रीक वर्णमालाको ’अर्को अक्षरको साटो डेल्टा प्लस भनिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय