अमेरिका नेपाल मेडिकल फाउन्डेसनद्वारा कोसी अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

हेल्थपोस्ट नेपाल

अमेरिका–नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) ले शुक्रबार कोशी अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलको उपस्थितिमा फाउन्डेसनका अध्यक्ष डा. भुपेन्द्र बस्नेतले कोसी अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन्।

कोरोना महामारी सुरु भएसँगै विभिन्न संस्थालाई फाउन्डेसनले स्वास्थ्य उपकरण उपलब्ध गराउँदै आएको छ।

उक्त प्लान्टबाट दैनिक सयभन्दा बढी सिलिण्डर भर्न सकिने अक्सिजन उत्पादन गर्न सकिने डा.बस्नेतले बताए। उनले अक्सिजन प्लान्ट निमार्णका लागि १ करोड ७ लाख लागेको जानकारी दिए।

यसअघि त्रिवि शिक्षण अस्पताललाई पनि फाउन्डेसनले अक्सिजन प्लान्ट सहयोग गरेको थियो।

अमेरिकामा भएका प्रोफेसनल चिकित्सकहरुले नेपालको हेल्थ कियर सिष्टमलाई प्रभावकारी बनाउन खोलिएको फाउन्डेसन हो।

सबै प्रदेशलाई एक–एक वटा अक्सिजन प्लान्ट दिने योजनाको साथ दुई वर्षअघि नै कार्यक्रम सुरु भएको डा. बस्नेतले बताए। उनले भने, ‘आज प्रदेश १को कोसी अस्पतालमा प्लान्ट हस्तान्रण गरियो। अन्य केही प्रदेश प्लान्ट जडान हुदैँ छन्।’

उनका अनुसार अहिले लुम्बिनी प्रदेशको पाल्पा मिसन अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम भइरहेको छ। ‘अब चाडैं नै तीन वटा प्लान्ट आउँदै छ। ट्रान्सपोटेशनको समस्या परेकाले ढिलाई भएको,’ डा. बस्नेतले भने।

उक्त अक्सिजन प्लान्ट जनकपुर, बुटवल र काठमाडौंमा राख्ने योजना भएको उनले जानकारी दिए।

‘सरकारी तथा गैरनाफामूलक संस्थामा उपकरण अभाव नहोस्, डा. बस्नेतले भने, यस्ता उपकरणले गर्दा सेवा जनताले पाउन भन्ने हाम्रो उदेश्य हो।’

 

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *