थप १,०६६ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्‍यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा एक हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३६८ नुमना परीक्षणमा एक हजार ६६ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी, सोही अवधिमा ९३८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९५ हजार ९५९ पुगेको छ।

आज देशभर १८ हजार ११५ जना सक्रिय संक्रमित छन्।

तीमध्ये १६ हजार ८८१ होम आइसोलेसन र संस्थागत आइसोलेसनमा एक हजार २३४ संक्रमित छन्।

पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ। यो सँगै संक्रमणबाट ११ हजार १४८ जनाको निधन भएको छ।

शुक्रबार ३५४ जना आइसियुमा र ११६ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २४२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर दुई लाख १७ हजार ३९१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *