लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा डा. इन्द्र ढकाल

लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा मेडिकल सुपरिटेन्डेन्टमा डा. इन्द्र ढकाल नियुक्त भएका छन्।
बिहीबार बसेको लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टबाट डा. राजेन्द्र खनाललाई हटाएर डा. इन्द्र ढकाललाई नियुक्त हो।
सरकारका प्रवक्ता कृष्णध्वज खड्काका अनुसार डा. ढकाललाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त भै कामकाज गर्न अनुमति दिईएको हो।
त्यसैगरी, खनाललाई भने कोभिड अस्पताल संचालन तथा व्यवस्थापन समितिको संयोजक बनाईएको छ।
यस्तै बैठकले लुम्बिनी प्रदेशमा कोभिड १९ महामारीको चुस्त दुरुस्त व्यवस्थापन गर्नका लागि कोभिड विशेष अस्पताल सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गर्ने निर्णय समेत भएको छ।