माहुरीको विषले स्तन क्यान्सरका सेलहरू मार्नसक्छ

हेल्थपोस्ट नेपाल

वर्षौंदेखि मानिसहरूले युरोपियन माहुरी (एपिस मेलिफेरा) को विष–भिनोम र चोप–प्रोपोलिसलाई औषधीको रूपमा प्रयोग गर्दै आइरहेका थिए।

हालसालै वैज्ञानिकहरूले प्रयोगशाला परीक्षणमा माहुरीको विष र मेलिटिनले फोक्सो, मेलानोमा, ओभरियन र प्यान्क्रियाटिक क्यान्सरका लागि प्रभावकारी काम गरेका छन्।

हेरी पर्किन्स इस्टिच्युट अफ मेडिकल रिसर्च र युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाका वैज्ञानिकले माहुरीको भिनोम र मेलिटिनले स्तन क्यान्सरको सेल्सहरूलाई मार्छ भनेर पत्ता लगाएका छन्।

त्यसले स्तन क्यान्सरका दुईखाले क्यान्सरः ट्रिपल नेगेटिभ ब्रेस्ट क्यान्सर र एचइआर २ क्यान्सरका सेल्सलाई छिटै मार्छ भने नर्मल सेल्सहरूलाई भने केही असर गर्दैन। स्तन क्यान्सर धेरै महिलाहरूमा देखिन्छ।

अनुसन्धानको नेतृत्व लिने डा. सियारा डुफीले विष अत्यन्त शक्तिशाली रहेको बताएकी छन्। उनले भनेकी छन्, ‘६० मिनेटभित्रै मेलिटिनले क्यान्सर सेल मेम्बे्रनहरूलाई नष्ट गर्दछ।’

अध्ययनका अनुसार बम्ब्ली प्रजातिका माहुरीको विषले भने क्यान्सरको सेल्स मार्न सक्दैन।

वैज्ञानिकहरूले आफ्नो अध्ययनलाई लउव एचभअष्कष्यल इलअययिनथ मा प्रकाशित गरेका छन्।

मेलिटिनले १ घण्टामा क्यान्सरको बाहिरी मेम्ब्रेनमा प्वाल बनाएर नष्ट गर्न सक्छ।

२० मिनेटमा सेल्सहरूको केमिकल जुन क्यान्सर फैलिन मद्दत पुर्‌याउँछ, त्यसलाई फैलिनबाट रोक्न पनि सक्दछ।

‘हामीले माहुरीको विषले कसरी क्यान्सरको केमिकल मेसेज सिग्नललाई असर गर्छ भनेर हेरेका थियौं, र पत्ता लगायौं कि विषले त्यसको बाटो नै बन्द गरिदिँदोरहेछ,’ डुफीले भनिन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *