स्टार हस्पिटल र खुशी खुशी बचत तथा सहकारी संस्था बिच सम्झौता

हेल्थपोस्ट नेपाल

स्टार हस्पिटल र खुशी खुशी बचत तथा सहकारी संस्था बीच सहकार्य गर्ने सम्बन्धको सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका कार्यकारी अध्यक्ष श्री किशोर कुमार महर्जन तथा खुशी खुशी बचत तथा सहकारी संस्था लि का अध्यक्ष श्री बटु कृष्ण थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार स्टार हस्पिटलले खुशी खुशी बचत तथा सहकारी संस्थाका कर्मचारी, शेयरधनी तथा सदस्यहरुलाई उपचार खर्चमा आकर्षक छुट प्रदान गर्नेछ र सहकारीका सेयरधनी सदस्यहरुलाई सहुलियत दरमा हेल्थ प्याकेज सेवा उपलब्ध गराउने छ ।

छुट सुविधा प्राप्त गर्न सहकारी संस्थाका सदस्यहरुले संस्थाको परिचय पत्र देखाउनुपर्नेछ । अस्पतालले सामाजिक क्षेत्रमा कार्यरत विभिन्न संघ संस्था संग निरन्तर सहकार्य गर्दै आइरहेकोछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *