थपिए १०७८ नयाँ कोरोना संक्रमित, १२ को मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा १०७८ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार ११ हजार ७६५ जनामा परीक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको हो।

८५५५ जनामा पिसिआर परीक्षण गर्दा ८९८ र ३२१० जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा १८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आज देशभर ९११ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्।

२४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ।

देशभर १८ हजार १६८ जना सक्रिय संक्रमित रहेका छन्। तीमध्ये १६ हजार ८०२ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार ३६६ संक्रमित छन् भने ३५३ जना आइसियुमा र ११७ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

देशभर २३८ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै, काठमाडौंमा २६७, भक्तपुरमा ३७ र ललितपुरमा ६५ गरी उपत्यकामा ३६९ नयाँ संक्रमित थपिएका छन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर दुई लाख ८९ हजार ३८१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *