यस कारण कोराेनाकाे लक्षण पुरुषमा भन्दा महिलामा धेरै

हेल्थपोस्ट नेपाल

कोरोना भाइरसबाट विश्वका २३ करोडभन्दा बढी मानिस संक्रमित भए। संक्रमणबाट २१ करोड मानिसमुक्त भइसकेका छन् । संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४७ लाखभन्दा बढी छ।

संक्रमणमुक्त भएका व्यक्तिमा हालसम्म पनि कुनै न कुनै प्रकारकाे लक्षण भने देखिँदै आएका छन्।

अक्सर्फोड विश्वविद्यालय र नेस्नल इन्सिच्युट अफ हेल्थ रिसर्चको एक अध्ययनले कोरोना भाइरस संक्रमणमुक्त भएका ३७ प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको स्वास्थ्य समस्या लामो समयसम्म देखिएको छ।

अध्ययन प्रतिवेदनका अनुसार संक्रमणमुक्त भएकाहरुमा सास फर्न समस्या हुने, थकाई लाग्ने, शरीर दुख्ने तथा छटपटी हुनेजस्ता लक्षण देखापर्ने गरेको छ।  यी लक्षण संक्रमण भएको तीन देखि ५ महिना पछि देखिन थालेको छ।

अनुसन्धानकर्ताले कोरोनाबाट मुक्त भइसकेका २.७० लाख मानिसमा रिसर्च गरेका थिए। जाँच गर्दा उनीहरुमा थकाई लाग्ने तथा छटपटी हुने लक्षण सबैमा देखिएको थियो। यी लक्षण कोरोना संक्रमण भएर अस्पतालमा भर्ना गरिएका बिरामीमा देखा परेको छ। लामो समयसम्म संक्रमण भएका कारण यस्ता लक्षण देखिएको वैज्ञानिकहरुले बताए।

अध्ययनका अनुसार पुरुषको तुलनामा महिलामा यस्ता लक्षण धेरै हुने पाइएको छ।

महिला र पुरुषमा फरक लक्षण

वैज्ञानिकका अनुसार महिलामा धेरै टाउको दुख्ने, पेटमा विभिन्न खालका समस्या आउने, छटपटी तथा डिप्रेसनजस्ता लक्षण देखिएका छन् । यस्तै वृद्ध तथा पुरुषमा भने सास फेर्नमा समस्या हुने र सोच्ने, बुझ्ने क्षमतामा निकै समस्या देखिएको छ।

यस अध्ययनले लामो कोभिडको असर तथा समस्याबारे बुझ्न सहयोग गरेको छ। साथै भविष्यमा आउने समस्या र ती समस्या कति लामो समयसम्म रहन्छ भन्ने बुझ्न मद्धत पुगेको वैज्ञानिकहरु बताउँछन्।

यस्तो खालको लक्षण देखिएको कोभिडमा कोरोना संक्रमण परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए पनि विभिन्न लक्षण देखिरहन्छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *